बंगलादेशमा मोदीको भ्रमणविरुद्ध प्रदर्शन, कम्तिमा ४ जनाको मृत्यु
nepalkhabar.com · Sat Mar 27 00:52:37 GMT 2021
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको तीव्र बिरोध भएको छ। बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश भ्रमणमा गएका हुन्। मोदीको भ्रमणको विरोधमा प्रदर्शन सुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको हो। झडपमा परेर पत्रकारसहित कयौँ प्रदर्शनकारी घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)