मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटारमा १० दलको निस्केन निष्कर्ष, आज पुनः बस्ने

rajdhanidaily.com · Wed Mar 15 23:17:46 GMT 2023

काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न १० दलको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । उपराष्ट्रपतिका लागि गठबन्धनबाट तीन र एमालेबाट एक जनाको उम्मेदवार परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो ।

सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)