मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदै गुफा प्रवर्द्धन गरिँदै

barnanmedia.com · Fri Nov 01 22:01:19 UTC 2024

काठमाडौँ, १७ कात्तिक : जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले रु ८१ लाख २६ हजारको बोलपत्र आह्वान गरेको जानकारी दिनुभयो ।

गुफा परिसरमा मन्दिर पुनः निर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त ससर्त अनुदानमार्फत सो बजेट विनियोजन भएको उहाँले बताउनुभयो । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ति, रेलिङ्ग र गुफाको फोटोलगायत भौतिक संरचना निर्माण गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)