मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाको निरन्तर खराब प्रदर्शन

baahrakhari.com · Thu Oct 28 01:08:00 GMT 2021

एपी । खराब लयमा रहेको बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा अर्को हार बेहोरेको छ । अघिल्लो एल क्लासिको खेलमा चीर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग पराजित भएको बार्सिलोना गएराति रायो भालेकानोसँग १–० ले पराजित भएको हो ।

घरेलु टोली रायो भालेकानोले ३०औं मिनेटमा राडामेल फाल्काओको गोलबाट अग्रता लिएको थियो । बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केटले गुमाएको बललाई ओस्कार ट्रेजोले नियन्त्रणमा लिँदै फाल्काओलाई पास दिएका थिए । कोलम्बियाका ३५ वर्षे फरवार्ड फाल्काओले विपक्षी रक्षक जेरार्ड पिकेलाई कटाएर दायाँ खुट्टाले हानेको प्रहार बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले रोक्न सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)