मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले

ratopati.com · Fri Jul 25 18:14:00 GMT 2025

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो ।

सामुदायिक वन अहिले सुन्दर, हरियाली हुनुका साथै वन्यजन्तुको वासस्थानमा परिणत भएको सामुदायिक वनका सक्रिय उपभोक्ता कमलप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार केही वर्ष अघिसम्म खुला मैदान, मिचाहा प्रजातिका बिरुवाले भरिएको र चरिचरनले क्षतिग्रस्त यो वन क्षेत्र अहिले साल, अस्ना, बिजयसाल, हर्रो, बर्रो, अमलालगायत प्रजातिका बिरुवाले हराभरा देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)