३६ अर्ब २३ करोडको कृषि बजेट ल्याउने तयारी
abhiyandaily.com
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषिक्षेत्रमा ३६ अर्ब २३ करोड ४१ लाख रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ । यो बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्बले कम हो ।
गतवर्ष सरकारले कृषिक्षेत्रको कुल बजेट ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । अर्थ मन्त्रालयबाट प्राप्त सिलिङका आधारमा यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिक्षेत्रको बजेटको खाका निर्माण गर्दै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)