शैक्षिक क्षेत्रमा दलीय भागबण्डा रोक्नुपर्ने
lokaantar.com · Thu Dec 14 16:58:10 GMT 2023
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई दलीय भागबण्डाबाट मुक्त नगरेसम्म दुवै क्षेत्रमा गुणस्तर कायम नहुन बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इञ्जिनियरीङको १५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने दलीय भागबण्डा अन्त्य हुनुपर्ने बताएका हुन्। अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ सेवा गर्ने जनशक्ति उत्पादन गर्ने स्थानमा दलीय भागबण्डा हुननहुनेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)