मकवानपुर र रुकुम पूर्वमा यात्रुबस दुर्घटना : १२ को मृत्यु, ३८ घाइते
nayapatrikadaily.com · Fri Sep 23 00:28:00 GMT 2022
मकवानपुर र रुकुम पूर्वमा यात्रुबाहक बस दुर्घटनामा १२ को मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सात र रुकुम पूर्वको भूमे गाउँपालिका– ३ क्याङ्सीबगरमा पाँचजनाको मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा.३ख ७८५८ नम्बरका बस बिहीबार दिउँसो २:३० बजे जुरिखेतस्थित एघार घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राति अबेरसम्म मृतकमध्ये दुईजनाको मात्रै सनाखत भएको छ । नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बारा झिटकैया– ४ की ३३ वर्षीया अन्दुल्लाहा मियाँ ठकुराईको सनाखत भएको जिल्ला प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए । न्यौपाने सेनामा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)