पहिरो अध्ययनमा गएको एडीबी टोली हिउँमा फस्यो
ekantipur.com · Wed Dec 29 16:44:47 GMT 2021
काठमाडौँ — हेलम्बु क्षेत्रको हिमाली भेगको पहिरो अध्ययनका लागि मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा बस्दै आएको एसियाली विकास बैंक (एडीबी)को विशेषज्ञहरूसहितको १६ जनाको टोली हिउँमा फसेको छ । हिउँ बाक्लिँदै गएर उनीहरू बस्दै आएको टेन्ट हिमपहिरोले बगाएको छ ।
हिउँबाट ज्यान जोगाउन उनीहरू ओडारमा बसिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । खराब मौसमका कारण उनीहरूको उद्धारका लागि हेलिकोप्टर जान सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)