मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपप्रधानमन्त्री सिंह नागबहाल लोकतन्त्रवादीहरूको ‘बहाल’का रूपमा चिनिन्थ्यो

barnanmedia.com · Fri Nov 01 23:43:46 UTC 2024

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंंहले नागबहाललाई पञ्चायतकालमा लोकतन्त्रवादीहरूको बहालका रूपमा चिनिने गरेको स्मरण गरेका छन् । ललितपुर महानगरपालिका वडा नं १६ नागबहालमा नेपाल संवत् ११४५ को अवसरमा आज टोल सुधार समितिले आयोजना गरेको चियापान कार्यक्रममा उनले पञ्चायतकालमा नागबहालमा आफनो पिता एवम् २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह भूमिगत भएको प्रसङ्ग उल्लेख गरे ।

“पञ्चायतकालमा दरबारले नागःबहाललाई प्रजातन्त्रवादीहरूको ’वासिङ्टन डिसी’ भनेर चिन्थे रे, त्यत्रो सङ्घर्ष गरेर प्रजातन्त्र स्थापना गर्न योगदान दिएको ठाउँलाई सम्झन यहाँ आएँ, हामीले यो इतिहासलाई पनि ख्याल गर्नुपर्यो”, उपप्रधानमन्त्री सिंहले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)