भारतीय खेलाडीको दबदबा
ekantipur.com · Tue Nov 28 17:15:53 GMT 2023
पोखरा — पोखरा रंगशाला टेनिस कोर्टमा जारी आईटीएफ जे–३० टेनिस प्रतियोगितामा भारतीय खेलाडीको दबदबा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणवीर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । उनले ७–६, ६–३ को सेटमा खेल जिते ।
नेपालका सक्षमविक्रम शाहले भारतका अमित मुण्डलाई ६–३, ६–४ ले र भारतका कविर चोथानीले नेपालका सृजन भट्टराई र जापानका युया सासातोले भारतका ड्रिक शाहलाई पराजित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)