मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

परदेशी-२ को प्रिमियर बागलुङमा

newsofnepal.com · Sun Oct 01 01:09:27 GMT 2023

लोकप्रिय गायक प्रकास सपूतको डेब्यु फिल्म परदेशी–२ को उनकै गृह क्षेत्र बाग्लुङको बीएसआर मुभिजमा प्रिमियर शो गरिएको छ।

फिल्मका निर्देशक नारायण रायमाझी तथा मुख्य कलाकारहरू प्रकाश र केकी अधिकारी लगायतको सहभागितामा फिल्मको प्रथम प्रदर्शनी गरिएको हो। प्रिमियरअघि परदेशी–२ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्कालगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए। मेयर श्रेष्ठले बागलुङमा सिनेमाको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे। बागलुङलाई सिनेमा छायांकनको गन्तव्यस्थल बनाउन नगरपालिकाले काम गर्ने पनि उनले बताए। फिल्म हेरेर हलबाट निस्क“दै गर्दा दर्शकका आ“खा रसाएका थिए। आफूले अभिनय गरेको पहिलो फिल्मको गृह जिल्लामा पहिलो प्रदर्शन गर्न पाउ“दा लागेको सपूतले बताए। ‘डेब्यु फिल्मको पहिलो दर्शक नै गृह जिल्लावासी हु“दा आफूलाई भाग्यमानी ठानेको छु’ गायक सपूतले भने।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)