नक्कली ३ लाख रुपैयाँसहित एक किशोर पक्राउ
ratopati.com
बारामा सशस्त्र प्रहरीको गस्ती टोलीले नक्कली ३ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा छिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुरका १९ वर्षीय वीरेन्द्र महतो रहेका छन् । बारास्थित प्रहरी बोर्डर आउटपोष्ट गोलागञ्जको टोलीले बिहीबार अपरान्ह महतोलाई नियन्त्रणमा लिएको हो ।
महतोको साथबाट प्रहरीले ३ लाख १ हजार रुपैया नक्कली र १५२५ रुपैयाँ सक्कली नोट बरामद गरेको छ । महतोबाट लु७८प २३९७ नम्बरको मोटरसाइकल समेत बरामद भएको मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख तथा छिनमस्ताका बाहिनीपति डिआइजी गणेश ठाडामगरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)