महन्थ–राजेन्द्रको साथ पाउन जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिन ओली तयार
ratopati.com
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको समर्थन पाउनका लागि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेका छन् । नयाँ सरकार गठनका लागि मुलुकको राजनीतिक कोर्ष अचानक मोडिएसँगै ओलीलाई जसपाको साथ अत्यावश्यक भएको हो । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन वा अरुको नेतृत्वमा सरकार बन्न नदिनका लागि ओलीले जसपाको साथ खोजेका हुन् ।
प्रतिनिधिसभाको अंक गणितमा अहिले सरकार गठनका लागि जसपाको भूमिका निर्णायक हुने देखिन्छ । जसपाले आफ्ना माग पूरा गर्नेलाई मात्र सहयोग र समर्थन गर्ने नीति लिएको छ । त्यसमा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले ओलीसँगै सहकार्य गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)