बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, हताहती बढ्ने आशंका
barnanmedia.com · Fri Jun 12 09:58:37 GMT 2026

काठमाडौं, जेठ २९ । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य यात्रुहरू घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)