दोलखामा माओवादीका कार्कीको अग्रता, १६३ मतले एमालेका शिवाकोटी पछाडि
Ujyaaloonline.com · Mon Dec 05 00:44:48 GMT 2022
दाेलखा - प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रमध्ये दोलखाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिनुभएको छ । कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।
मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि पर्नुभएको थियो । तर हिजो दिउँसोदेखि फेरि उहाँले अग्रता लिँदै आउनुभएको छ । उहाँहरुबीच १ सय ६३ को मतान्तर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)