बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता
barnanmedia.com · Fri Jun 26 11:24:06 GMT 2026

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ ।
उक्त पुल निर्माणपछि छिमेकी जिल्ला ललितपुरको महाङ्काल गाउँपालिकालाई आवागमनमा सहजता भएको हो । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा रु एक करोड ७० लाखमा उक्त पुल तयार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)