मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत बालेनसँग खुसी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : बादल

ratopati.com · Fri Jun 12 10:10:45 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीका कमजोरीहरूलाई सुधार्दै नयाँ विचार र नीतिका आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विपक्षीले प्राप्त गरेको अहिलेको सफलतालाई ‘अस्थायी’ संज्ञा दिँदै एमालेको विजय सुनिश्चित गर्न संगठनलाई नयाँ आधारमा उभ्याउनुपर्नेमा जोड दिएका हुन् ।

आफ्नै कमजोरीका कारण विपक्षीहरूले अस्थायी सफलता प्राप्त गरेको भन्दै उनले अब यसलाई चिर्न नयाँ नीति र विचारका साथ अघि बढ्नु अपरिहार्य भएको जिकिर गरे । ‘अहिले अस्थायी रूपमा उनीहरू सफल भए पनि हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भएका हुन्, तर यो सफलता अस्थायी हो,’ थापाले भने, ‘त्यसकारण यो सफलतालाई अस्थायी बनाउनका निम्ति हामीले पार्टीलाई नयाँ आधारमा, नयाँ विचार र नयाँ नीतिको आधारमा पुनर्गठन गर्नुपर्छ र अगाडि बढ्नुपर्छ । यसरी मात्रै हामीले फेरि विजय प्राप्त गर्न सक्छौँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)