जी–ट्वेन्टी परराष्ट्रमन्त्री स्तरीय कूटनीतिक कसरत दिल्लीमा
rajdhanidaily.com · Wed Mar 08 23:28:30 GMT 2023
भर्खरै सन् २०२३ मार्च १ र मार्च २ मा जी–ट्वेन्टी सम्वद्ध राष्ट्रका परराष्ट्रमन्त्री स्तरको सम्मेलन दिल्लीमा सम्पन्न भएको छ । संसारको ८५ प्रतिशत अर्थतन्त्र, ७५ प्रतिशत व्यापार र ६० प्रतिशत जनसंख्या भएका मुलुकहरू जी–ट्वेन्टीमा आबद्ध छन् । यस अर्थमा जी–ट्वेन्टीले गरेका मन्थन, चिन्तन र निर्णयको पराकम्पन विश्व अर्थनीति, कूटनीति र राजनीतिलाई प्रभावित गर्दछ । जी–ट्वेन्टीको परराष्ट्र मन्त्रीय स्तरमा भएको सम्मेलनको विषय वस्तु स्वयं भारतका प्रधानमन्त्री मोदीले प्रस्तुत गरेका थिए । वुद्ध र गान्धीको दर्शनलाई उद्धृत गर्दै संसारमा रहेका विरोधाभाष, कटुता र सामरिक टकहराटलाई भाइचारा र वन्धुत्वको कसीबाट समाधान गर्न उनले आग्रह गरेका थिए । साथ साथै बैठकको अध्यक्षता गर्दै भारतका परराष्ट्रमन्त्रीले जी–ट्वेन्टीको चुनौतीलाई आलोकित गरेका थिए । रसिया युक्रेन युद्ध, कोरनाको असर, पर्यावरण संकटबाट संसारका गरिब मुलुकहरू अधिक प्रभावित गरे हो कुरा उल्लेख गर्दै पीडित र प्रताडित मुलुकको बृहत् हितलाई मध्यनजर राख्दै शक्ति सम्पन्न राष्ट्रले आप्mनो भावी कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।
जी–ट्वेन्टीको परराष्ट्रमन्त्रीय स्तरको सम्मेलनमा शक्तिकेन्द्रको ध्रुवीकरण देखिन्थ्यो । अर्थात् अमेरिकालगायत पश्चिमा राष्ट्रले रसिया र युक्रेन युद्धले विश्व वित्तीय व्यवस्था तहसनहस भएको कुरा उल्लेख गरेका थिए । साथसाथै रसिया र युक्रेन युद्धले गर्दा विश्व खाद्य र ऊर्जा संकटबाट आक्रान्त रहेको कुरा ठहर गरे । प्रतिरक्षा र प्रतिउत्तरमा चीन र रसिया एक स्वर र एक ध्वनिमा अमेरिकालगायत पश्चिमा शक्तिको आरोपको प्रतिवाद गरे । आरोप र प्रतिवादबीच जी–ट्वेन्टीसँग आवद्ध राष्ट्रबीच साझा सहमति निर्माण हुन सकेन । आयोजक राष्ट्रको हैसियतले जी–ट्वेन्टीको सदस्यको मिलनबिन्दु स्वरूप १० पृष्ठको सारांशपत्र डा. जयशंकरले प्रस्तुत गरेका थिए । २४ हरफका उक्त सारांशपत्रमा संसारले भोगिरहेका मौलिक समस्याप्रति आवद्ध राष्ट्रका दृष्टिकोण मुखरित भएको थियो । रसिया युक्रेन मुद्दामबाहेक अन्य मुद्दाहरू रसिया र चीन पनि सहमति निकट नै देखिन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)