मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै निर्वाचन क्षेत्रमा पराजित ६ मन्त्री निर्धक्क सिंहदरबारमा

ekantipur.com · Mon Nov 28 00:41:32 GMT 2022

काठमाडौँ — सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर राजीनामा दिएका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरेका छन् । प्रधानमन्त्री र सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक ठानेका छैनन् ।

गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ यो निर्वाचनमा पराजित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)