मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा

ratopati.com · Fri Jul 03 20:02:20 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा अस्ट्रेलिया र इजिप्टबीचको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएको छ। डलास स्टेडियममा भएको यस प्रतिस्पर्धामा दुवै टोलीले गोलका अवसरहरू सिर्जना गरे पनि थप अग्रता लिन नसक्दा खेल अब अतिरिक्त समयमा धकेलिएको छ।

खेलको सुरुवाती चरणमा इजिप्टले बलियो पकड बनाएको थियो। खेलको १३औँ मिनेटमा करिम हाफेजको पासलाई सदुपयोग गर्दै इमाम आशुरले उत्कृष्ट गोल गरी इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफभरि इजिप्टले दबाब कायम राखे पनि दोस्रो हाफमा अस्ट्रेलियाले खेलमा पुनरागमन गर्ने प्रयास गर्‍यो। खेलको ५५औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको आत्मघाती गोलका कारण अस्ट्रेलियाले उपहार स्वरूप बराबरी गोल फर्काउने मौका पायो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)