काभ्रेमा बस दुर्घटना अपडेट : घाइते १७ जनालाई धुलिखेल अस्पतालमा ल्याइयो
ratopati.com · Fri Jun 12 10:18:57 GMT 2026

काठमाडौँ । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुचाकोटमा शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका १७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)