जोखिम न्यूनीकरणका लागि सेनाको पूर्वतयारी अभ्यास
gorkhapatraonline.com · Fri Jun 12 10:16:33 GMT 2026

मनसुनका कारण हुने क्षति न्यूनीकरणका लागि पश्चिम नवलपरासीको पाल्हीनन्दनमा विपद् जोखिमको पूर्वतयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको छ।
नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा भएको अभ्यासमा तीनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरूको कसरी तत्काल उद्धार गरी जनधनको क्षतिबाट बचाउने भन्नेबारे पूर्वतयारी अभ्यास प्रस्तुत गरेका थिए । घरायसी प्रयोगका सामग्रीमार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्नेबारे नेपाली सेनाको अभ्यास टोलीले स्थानीयलाई जानकारी गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)