रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
nepalsamaya.com · Fri Jun 12 10:17:41 GMT 2026

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको उक्त प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शिरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)