राजनीतिक रत्यौली
annapurnapost.com · Sun Feb 26 00:38:44 GMT 2023
राजनीतिक सिद्धान्त, निष्ठा र आदर्शलाई लत्याउँदै सत्ताका लागि जे पनि गर्ने र जोसँग पनि मोतो मिलाउने प्रवृत्तिले राजनीति व्यक्तित्वहरू माथिको मात्रै नभई यो राजनीतिक व्यवस्थाकै मर्ममा प्रहार गरेको छ।
मधुमास अर्थात् १०० दिन पनि नमनाउँदै सत्ता गठबन्धनको हेराफेरीले फेरि नेपाली राजनीतिलाई अस्थिर बनाएको छ। पुस १० गते माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने संसद्को यो कार्यकालले दुई जनामात्रै प्रधानमन्त्री बनाउने अपेक्षा थियो। उनी र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली। तर एमालेसँगको सहमति तोड्दै दाहालले राष्ट्रपतिमा प्रतिपक्ष कांग्रेसलाई काखा च्यापेपछि एमाले सत्ताबाट पाखा पर्ने भएको छ। यो कुनै खास दल सत्ताबाट बाहिरिनु र कुनै अर्काे भित्रनुमात्रै वा सामान्य राजनीतिक परिघटना होइन। राष्ट्रपति कसलाई बनाउने भन्ने बहस र विवादमा ‘राष्ट्रिय सहमति’ को ढोल पिटिए पनि खासमा सबै दल आफू अनुकूल व्यक्तिको खोजीमा रहेको प्रष्टै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)