मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको घटनास्थलमै मृत्यु

kendrabindu.com · Fri Jun 12 10:21:41 GMT 2026

काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको भए पनि घाइतेको यकिन संख्या सार्वजनिक भएको छैन।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण पनि तत्काल खुल्न सकेको छैन। प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ। बस सडकबाट तल खसेर दुर्घटनामा परेको बताइएको छ। घटनासम्बन्धी थप विवरण सङ्कलन भइरहेको र मृतक तथा घाइतेहरूको आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय