मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णनगरमा झाडापखालाको महामारी : सुखरामपुरमा ट्युबवेलको  पानीमा कोलिफर्म भेटियो

nayapatrikadaily.com · Sat Oct 09 01:00:00 GMT 2021

६ दिनदेखि झाडापखालाको महामारी फैलिएको कपिलवस्तुको कृष्णनगर नगरपालिका– ७ सुखरामपुरमा ट्युबवेलको पानी परीक्षण गर्दा दिसामा पाइने घातक जीवाणु कोलिफर्म भेटिएको छ । वाणगंगा नगरपालिकास्थित भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ल्याबमा जाँच गराउँदा ४० फिट गहिरो ट्युबवेलको पानीमा दुई प्रतिशत कोलिफर्म भेटिएको हो । तर, झाडापखाला फैलिनुको कारण यही हो भन्ने निश्चित भने भएको छैन ।

कृष्णनगर– ८ बहादुरगन्जस्थित खानेपानी संस्थानको धाराको पानीको नमुना पनि परीक्षण गरिएको थियो । अन्य ठाउँको परीक्षणमा कोलिफर्म नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । सुखरामपुर, बहादुरगन्ज, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायत गाउँमा झाडापखालाका बिरामी देखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)