निर्वाचनको तयारी तीव्र
newsofnepal.com · Tue Apr 19 00:30:57 GMT 2022
काठमाडौं ।
यही वैशाख ३० गते हुने निर्वाचनको मिति नजिकिँदै गएसँगै निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनको लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य लगभग सकिएको जानकारी दिँदै भन्नुभयो–‘१ करोड ९४ लाख थान मतपत्रमध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)