काभ्रे बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)
ratopati.com · Fri Jun 12 10:35:19 GMT 2026

काठमाडौँ । काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई जानकारी दिए । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)