धनकुटामा बस दुर्घटना हुँदा १० जना घाइते
gorkhapatraonline.com · Fri Jun 12 10:35:03 GMT 2026

सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङबारीमा दुर्घटना भएको छ। शुक्रबार दिउँसो को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइते हुनेमा सुनसरीको धरान–११ बस्ने २८ वर्षीया सबिता थापा, उहाँकी १६ वर्षीया छोरी आरुसी थापा, मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बस्ने २६ वर्षीया अमृता तामाङ र उहाँकी ३ वर्षीया छोरी स्र्यान्सी तामाङ रहनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)