के सन्देश लिएर आउँदै छन्, लिउ ?
rajdhanidaily.com · Sat Jul 09 00:54:21 GMT 2022
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी चारदिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् ।
उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन् । गत जुन महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका लिउले जुनको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अलगअलग भिडियो वार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)