मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईले आफ्नो थप शक्तिशाली संस्करण आफैँ निर्माण गर्ने युग अपेक्षाभन्दा चाँडै आउन सक्छ - एन्थ्रोपिक

techpana.com · Fri Jun 05 01:42:44 GMT 2026

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निकट भविष्यमै मानिसको प्रत्यक्ष संलग्नताबिनै आफ्नै थप शक्तिशाली संस्करण निर्माण, परीक्षण र प्रशिक्षण गर्न सक्ने अवस्था आउन सक्ने चेतावनी एआई कम्पनी एन्थ्रोपिकले दिएको छ । तर यसप्रति पर्याप्त चर्चा र वहस नहुनु चिन्ताजनक भएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले हालै प्रकाशित गरेको ब्लग पोस्ट मा ‘रिकर्सिभ सेल्फ इम्प्रुभमेन्ट’ (Recursive self-improvement) नामक अवधारणाबारे चर्चा गर्दै एआईले आफैँलाई निरन्तर सुधार गर्ने चरण अपेक्षाभन्दा चाँडै आउन सक्ने सङ्केत देखिएको जनाएको छ । एन्थ्रोपिकका अनुसार अत्याधुनिक एआई मोडेलहरूले कोड लेख्ने, त्रुटि सच्याउने र अनुसन्धान गर्ने कार्यलाई तीव्र बनाएका छन् । यसले एआई प्रणालीहरूले अझ उन्नत उत्तराधिकारी प्रणाली निर्माण गर्ने ‘फिडब्याक लुप’ सिर्जना गर्न सक्ने सम्भावना बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)