सातदोबाटोको कोर्टमा भारतीय खेलाडी सफल
ekantipur.com · Fri Jun 17 16:14:29 GMT 2022
काठमाडौँ — भारत आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार विजेता भएको छ । भारत ब्वाइज/गल्र्स दुवैमा च्याम्पियन भयो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित गर्यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउँदै तेस्रो स्थान हात पार्यो ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भारतले श्रीलंकालाई २–१ ले हरायो । माल्दिभ्सले भुटानलाई ३–० ले पन्छाउँदै तेस्रो स्थान हात पार्यो । माल्दिभ्सको प्रशिक्षकमा नेपालका पूर्वराष्ट्रिय च्याम्पियन कुमार अधिकारी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)