कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रण
gorkhapatraonline.com · Fri Jun 12 10:42:48 GMT 2026

बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा लिइएको छ । गुलरिया नगरपालिका वडा २ कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको वस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिइएको हो ।
कृष्णसार, गौशाला र स्थानीय वस्तीमा चितुवाले आतङ्क मच्चाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि पासो थापेको थियो । पाँच दिन अगाडि थापेको पासोमा चितुवा परेको हो । पासोमा वयस्क पोथी चितुवा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)