मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्य नियुक्त

kalakarmi.com · Fri Jun 12 10:39:58 GMT 2026

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छिन् । शुक्रवार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बीच सञ्चालक समितिमा आजै स्वागत समेत गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)