खुल्यो बेँसीसहर–चामे सडक
ratopati.com · Sun Aug 20 21:13:00 GMT 2023
लमजुङ । पहिराले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान ७ बजे गएको पहिरोले यस सडकखण्डअन्तर्गत खरखरे भीर, हवाई डाँडा, बक्स कटिङ र च्याम्चेमा अवरुद्ध बनाएको थियो ।
डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार बेँसीसहर नगरपालिका–६ खरखरे भीर, मस्र्याङ्दी गाउँपालिका–४ स्थित उक्त तीन ठाउँमा गएको पहिरो हटाएसँगै आज दिउँसोदेखि पुनः सडक सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)