मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर

barnanmedia.com · Thu Mar 06 21:45:17 GMT 2025

काठमाडौँ, २३ फागुन : राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।

राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)