कोरोना नियन्त्रणमा स्थानीय निकायको आर्थिक भूमिका
livemandu.com · Sat May 22 18:13:26 GMT 2021
जानकारहरू भन्छन् विश्वले कोराना सङ्क्रमणबाट मुक्ति पाउन अझै वर्षौं लाग्न सक्छ। विकसित वा धनी देशहरूले केही वर्षभित्र कोरोना सङ्क्रमण नियन्त्रण गर्न सके पनि निर्मूल भने पार्न सक्तैनन्। कोरोना सङ्क्रमणको भय उनीहरूको पनि शिरमाथि झुन्डिएको तरबारझैं रहिरहने छ। तर आर्थिक सबलताको कारणले कोरोना सङ्क्रमणले गर्ने राष्ट्रिय आर्थिक क्षतिको ती राष्ट्रहरूले न्यूनीकरण भने गर्दै लानेछन्। कोरोना उनीहरूको लागि अति जटिल एवं ज्यादै गम्भीर समस्या भने हुनेछैन।
नेपालजस्तो विकासशील राष्ट्रको लागि भने कोरोना सङ्क्रमण दीर्घकालीन समस्या बन्न सक्छ, जटिल र गम्भीर रहिरहन सक्छ। साधन र स्रोतको अभाव तथा भारतबाट अनियन्त्रित किसिमले हुने नेपाल प्रवेशले गर्दा नेपालले कोरोना सङ्क्रमण छोटो अवधिमा निर्मूल गर्न सक्ने सम्भावना परपरसम्म देखिन्न। नियन्त्रण मात्र गर्न पनि वर्षौं लाग्न सक्छ। त्यसकारण नेपालले स्थानीय एवं सङ्घीय दुवै स्तरमा कोरोना सङ्क्रमणका लागि एउटा दीर्घकालीन स्वास्थ्य एवं आर्थिक नीति निर्माण गर्न अत्यावश्यक छ। सार्थक नीति निर्माणका साथै कार्यान्वयनको नियमित अनुगमन पनि उत्तिकै आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)