बम विस्फोटपछि बर्दिया गुलरियामा मतदान रोकियो
baahrakhari.com · Sun Nov 20 05:05:00 GMT 2022
बर्दिया । बर्दियाको एक मतदान केन्द्र नजिक सुतली वम विस्फोट भएपछि मतदान प्रक्रिया रोकिएको छ । गुलरिया नगरपालिका– २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्र नजिक सुतली वम विस्फोट भएको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भने,“सुतली वम विस्फोट भएको हो । अहिले सुरक्षा बढाएका छौं । केहीबेरमा रोकिएको मतदान सुरु हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)