मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा बस दुर्घटना हुँदा आठको मृत्यु

himalpress.com · Fri Jun 12 10:49:33 GMT 2026

काठमाडौँ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बनेपाबाट रोशी गाउँपालिकातर्फ गुडिरहेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले राससलाई जानकारी दिए। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)