मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कक्रोच जनता पार्टीको आन्दोलनले मोदी सरकार धरमर

bishowkhabar.com · Fri Jun 12 10:48:02 GMT 2026

काठमाडौं– भारतमा सामाजिक सञ्जालमार्फत लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी)ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दा उठाउँदै राष्ट्रव्यापी युवा आन्दोलन सुरु गरेको छ ।

अभियानको सुरुआतस्वरूप पुणेमा सयौँ विद्यार्थी र युवाहरूको सहभागितामा र्‍याली आयोजना गरिएको हो ।

सिजेपीले सार्वजनिक परीक्षामा हुने अनियमितता, प्रश्नपत्र चुहावट र शिक्षा क्षेत्रको अव्यवस्थाविरुद्ध प्रदर्शन गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ ।

आन्दोलनका अगुवा अभिजीत डिप्केले यो अभियान देशभर विस्तार गरिने र माग सम्बोधन नभए नयाँदिल्लीमा पुनः ठूलो प्रदर्शन गरिने चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरेको टिप्पणीपछि सुरु भएको यो अभियान अहिले बेरोजगारी, महँगी, भ्रष्टाचार र सरकारी निष्क्रियताविरुद्धको व्यापक युवा आवाजका रूपमा विकसित भएको छ ।

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक सामग्रीमार्फत लोकप्रिय बनेको सिजेपीले युवामाझ उल्लेखनीय समर्थन जुटाइरहेको छ भने मोदी सरकार धर्मरको अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय