मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रपति रनिङ शिल्ड: तनहुँका सात पालिकामा सम्पन्न, तीनमा जारी

barnanmedia.com · Wed Nov 19 22:13:46 GMT 2025

विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलकुदप्रति रुचि बढाउने उद्देश्यसहित तनहुँका पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना भइरहेका छन् । पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपछि जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।

दश पालिकामध्ये तनहुँका सात पालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । तीनवटा पालिकामा प्रतियोगिता जारी छन् । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । व्यास नगरपालिकामा बुधबार मात्रै प्रतियोगिता सम्पन्न भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)