मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट गोल्डकप फुटबल : नेपाल पुलिस क्लब विजयी

barnanmedia.com · Thu Mar 06 21:49:02 GMT 2025

काठमाडौँ, २३ फागुन : विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

विराट गोल्डकप ट्रष्टद्वारा आयोजित उक्त प्रतियोगितामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ एफसीलाई २–० गोलले पराजित गरेको छ । प्रतियोगिताको मध्यान्तरपछि नेपाल पुसिल क्लबका जर्सी नं २१ का अरूण गाहाले ६६ मिनेट र जर्सी नं ९ का मनिष सेढाईँले ८७ मिनेटमा एक–एक गोल गरी आफ्नो क्लबलाई सेमिफाइनलमा पु¥याउन सफल भएका छन् । खेलको म्यान अफ दी म्याच भएका पुलिस क्लबका मनिष सेढाईँले रू ११ हजार नगद प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)