मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्कटल्यान्ड लगातार दोस्रो खेलमा विजयी

nayapatrikadaily.com · Wed Oct 20 00:47:00 GMT 2021

स्कटल्यान्डले आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो चरणमा लगातार दोस्रो खेलमा जित निकालेको छ । मंगलबार ओमानको अल अमेरात मैदानमा स्कटल्यान्डले पहिलोपटक विश्वकप खेलिरहेको पपुवा न्युगिनीलाई १७ रनले हराएको हो । यसअघि स्कटल्यान्डले पहिलो खेलमा बंगलादेशलाई स्तब्ध पारेको थियो । समूह बीमा स्कटल्यान्डले चार अंक बटुलेको छ ।

स्कटल्यान्डले पहिलो ब्याटिङ गरी नौ विकेट गुमाएर एक सय ६५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनी १९.३ ओभरमा एक सय ४८ रनमै समेटियो । स्कटल्यान्डको जितमा दायाँ हाते फास्ट बलर जोस डाभेईले ३.३ ओभरमा १८ रन खर्चंदै चार विकेट लिएका थिए । ब्याटिङमा स्कटल्यान्डका लागि रिची वेरिङटनले सर्वाधिक ७० रन जोडे । उनी खेलकै म्यान अफ दी म्याच भए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)