मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उडान रुकुमको, अवतरण नेपालगन्जमा

ekantipur.com · Wed Nov 24 00:52:58 GMT 2021

काठमाडौँ — रुकुमका महिलाहरूको अधिकारबारे अध्ययनका लागि काठमाडौं न्युरोडकी लुमन्तीसिद्धि वज्राचार्य र इमाडोलकी आयुशी बम आइतबार काठमाडौं विमानस्थलबाट सल्ले जान नेपाल वायुसेवा निगमको ट्वीनअटर चढे । पहिलो पटक रुकुम जान लागेका उनीहरू जब नेपालगन्ज विमानस्थलमा उत्रिए, झसंगै भए । उनीहरूले सोचेका थिए– ‘रुकुम आइपुगियो ।’ तर त्यो रुकुमको सल्ले विमानस्थल थिएन ।

जहाजबाट ओर्लिएलगत्तै उनीहरूलाई निगमका स्थानीय कर्मचारीद्वारा भनियो, ‘खाना, होटलको व्यवस्था आज यतै गरेका छौं, भोलि बिहानै पहिलो फ्लाइटमा तपाईंहरूलाई रुकुम उडाइदिन्छौं ।’ यो कुरा सुनेपछि लुमन्ती र आयुशी मात्रै होइन, सोही उडानमा नेपालगन्ज आइपुगेका अरू आठ यात्रु पनि तीनछक परे । खासमा उनीहरूको हातमा टिकट र बोर्डिङपास रुकुम सल्लेको थियो । तर निगमको ट्वीनअटरले नेपालगन्जस्थित राँझा विमानस्थलमा ओरालिदियो । जहाज त्यहीं राखेर चालकदलका तीन सदस्य आराम गर्न क्रु–क्याम्पतिर लागे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)