मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले तेलको भण्डारण कसरी गर्छ ?

kharibot.com · Mon Mar 07 00:15:00 GMT 2022

काठमाडौँ । पछिल्लो १० दिनदेखि रुस र युक्रेनबीच जारी द्वन्द्वका कारण विश्वभर तेलको संकट उत्पन्न हुने देखिएको छ । पछिल्ला केही दिनयता तेलको मूल्यले प्रति ब्यारेल सय डलर नाघेको छ । यस्तो अवस्थामा यो तेल संकटको प्रभाव युरोपदेखि अमेरिकासम्म विश्वका सबै देशमा देखिएको छ । तर त्यस्ता अवसरहरूमा, अमेरिकाको नजर उसको दक्षिणी राज्य लुइसियाना र टेक्सासमा रहेको तेल भण्डारका गुफाहरूमा पर्छ । र अहिलेको अवस्थालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग आबद्ध अमेरिकालगायत केही देशले तेलको मूल्यलाई नियन्त्रण गर्न ६ करोड ब्यारेल तेल छोड्ने निर्णय गरेका छन् ।

बाइडेन प्रशासनले आफ्नो रणनीतिक तेल भण्डारबाट तीन करोड ब्यारेल तेल छोड्ने निर्णय गरेको छ । अमेरिकाको भौगर्भिक तेल भण्डार यति ठूलो छ कि यसले अमेरिकालाई आफ्नो तेल खपत र तेल बजारमा आपूर्ति व्यवस्थापन गर्न यस्तो कठिन समयमा अवसर प्रदान गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)