मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा चिकित्सा शिक्षा अलोकप्रिय भएकै हो त?

swasthyakhabar.com · Tue Jun 20 01:01:00 GMT 2023

महाराजगञ्जमा १ सीट खालि, धरानमा ६ , धुलिखेलमा २ , केएमसी ७ , किष्ट ४...एमबिबिएस पढ्ने सिटहरु खालि भए। डेण्टलका सिटहरु पनि पूरै भरिएनन्। यो भन्दा पनि डरलाग्दो हालत छ चिकित्सा विधाका अन्य शैक्षिक कार्यक्रमहरुको।गतहप्ता प्रकाशित चिकित्सा शिक्षा आयोगको सूचनाले झसङ्ग नै बनायो। प्रााइभेट, नयाँ या तराई—गर्मी ठाउँका भनौं या मोफसलका कलेजहरु मत्र नभई काठमाडौं कै सरकारी अनि पुराना कलेजहरुमा समेत विद्यार्थीहरु किन आकर्षित नभएका होलान्? नेपाल भित्रै छात्रवृत्तिमै चिकित्सा शिक्षा पढेको, अझ बिगत डेढ दशकदेखि चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई नै प्राध्यापन गराउने जिम्मेवारीमा रहेका कारण मलाई यो अवस्थाले अलिकति चिन्तित पनि बनायो।

अढाइ दशक अघिको आफ्नो समय दृष्यपटलमा आएँ। सीमित सीट, अझ छात्रवृत्तिका लागि साथीसाथीबीचकोआपसी तीव्र प्रतिस्पर्धा.....सीट खालि हुने त कल्पना नै गर्न सकिंंदैनथ्यो। दुई—तीन वर्ष पर्खेर अनि वर्षभरिमा हुने विभिन्न ठाउँका प्रवेश परीक्षाहरुमा सहभागी भएर भए पनि धैर्यताका साथ डाक्टरै बन्ने अठोट पालेर बसिन्थ्यो। त्यस समयमा त्रिभुवन र काठमाडौं विश्वविद्यालयले, धरानको बिपी प्रतिष्ठानले, अनि विभिन्न मुलुकहरुका दुतावासहरुले छुट्टाछुट्टै परीक्षा लिने गर्दथे।शिक्षा मन्त्रालयले त वर्षको दुई पटक (भाद्र र चैत्रमा) लिन्थ्यो जाँच। अनि त चिकित्सा शिक्षा अध्ययनका लागि इच्छुक विद्यार्थीहरु वर्षभरि नै बेफुर्सदी अनि तयारीमा नै लागिरहेका हुन्थे। सबैकिसिमका परीक्षाहरुमा डटेर मुकाबिला गरिन्थ्यो।व्यक्तिगत रुपमा भन्दा मैले नै पनि एक—डेढ वर्ष धैर्य गरेको हो अनि झण्डै एक दर्जन जति परीक्षा दिएको हो, मेडिकल सीटमा छात्रवृत्तिका लागि।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)