मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्ग बस दुर्घटना अपडेट : १७ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो, सातको घटनास्थलमै मृत्यु

annapurnapost.com · Fri Jun 12 10:46:21 GMT 2026

काभ्रे : बनेपाबाट रोशी–८ खार्पाचोक जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटना हुँदा घाइते भएका १७ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ । नमोबुद्ध–२ सेल्फीडाँडामा रोशी जान लागेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्तकको शव घटनास्थलबाट निकालिएको छ । यस्तै घाइते १७ जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृत्तक र घाइतेको विवरण आइसकेको छैन । दुर्घटनाको कारण समेत अहिलेसम्म खुलिनसकेको प्रहरीको भनाई छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)