स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
ratopati.com · Mon May 19 16:55:00 GMT 2025

कैलाली । प्रतिनिधिसभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै सुदूरपश्चिम प्रदेशमा खुसियाली छाएको छ । विधेयक पारित भएको खुसियालीमा कैलालीको गेटास्थित विश्वविद्यालय भवन परिसरमै जम्मा भएर स्थानीयले दीप प्रज्वलन गर्दै खुसी मनाए । देउडा खेले, खुसी साँटासाट गरे ।
विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले विधेयक पारित गराउन भूमिका खेलेकामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल, सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलगायत सबैलाई धन्यवादसहित बधाइ दिए । उनले भने, ‘विगतमा सुदूरपश्चिम हेपिएको थियो, अब यो उठेको छ, जागेको छ । विधेयक पारित हुँदा हामी निकै खुसी छौँ । अब चाँडै चिकित्सा शिक्षा पढाई सुरु हुनुपर्छ । त्यसका लागि सङ्घर्षको अभियान जारी रहन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)