पहाड उक्लेका संघारी
ekantipur.com · Sun Mar 17 00:38:27 GMT 2024
डोटी — २०५३ सालतिरको कुरा हो, १५ वर्षीय प्रदेशीराम चौधरीका जुंगा रेखी मात्रै बसेका थिए । गाउँका संघारी (साथी) हरू ज्याला मजदुरी गर्न धमाधम पहाड उक्लने क्रम बढ्दो थियो । कैलालीको घोडाघोडी नगरपालिका–१० लठैयाको समथर भूमिमा बाल्यकाल बिताएका प्रदेशीरामलाई पनि पहाड चढ्ने रहर जाग्यो ।
कामको खोजीमा दिपायल आइपुग्दा जताततै अग्ला पहाड र बीचमा सलल बगेको सेती नदीले उनलाई दंग पार्यो । सेती बगरमा लम्पसार दिपायल बजार देख्दा छक्कै परे । काम खोज्दै जाँदा उनका लागि भगवान्सरह भेटिए वासुदेव गौतम । गौतमको त्यो बेला फोटो स्टुडियो थियो । उनले प्रदेशीरामलाई पनि फोटो खिच्न जान्ने बनाए, कम्प्युटर सिकाए र जीवनजगत्को संघर्ष पनि बुझाए । ‘जीवनमा बाटो देखाउने नै उहाँ हो, अहिले म जहाँ पुगेको छु, त्यसका लागि उहाँलाई सधैं सम्मान गर्छु,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)